Read Time:1 Minute, 6 Second
रुकुम पश्चिम, ११ बैशाख । रुकुम पश्चिममा झाडापखालाको कारण एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सानीभेरी गाउँपालिका–३ का १६ वर्षिय किरण ओली रहेको गाउँपालिका स्वास्थ्य संयोजक विजय वलीले जानकारी दिनुभयो । विगत केहीदिन अघिदेखि झाडापखाला लागेका ओलीको सानीभेरी गाउँपालिका अस्पतालमा उपचारकै क्रममा हिजो सोमबार मृत्यु भएको उहाँले बताउनुभयो ।
फोहोर पानी र सरसफाईको कमीले गर्दा झाडापखला भएर बालकको मृत्यु भएको उहाँको भनाई छ । उहाँका अनुसार केहिदिन यता पालिकामा झाडापखालाका बिरामीहरुको सङ्ख्या बढेको छ । अब गाउँमा गएर यसबारे बुझेर आवश्यक निर्णय लिने स्वास्थ्य संयोजक वलीले बताउनुभयो ।।