अनलाइन डेलिभरीको कार्यालयमा चोरी गर्ने ३ जना पक्राउ

Views: 1000 88
0 0
Read Time:1 Minute, 33 Second


काठमाडौं, ११ बैशाख । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५, टुटुंगाका २९ वर्षीय अर्जुन परियार, पोखरा–१० का २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई पोखरा बस्दै आएका २९ वर्षीय लोकेन्द्रबहादुर इटनी छन् ।
उनीहरुले गत २४ चैतमा पोखराको नयाँबजारस्थित एक अनलाइन डेलिभरीको अफिसमा चोरी गरेको पाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताउनु भयो ।
शौचालयको सिसा फोडेर भित्र प्रवेश गरी अनलाइन डेलिभरी अफिसको लकर नै बोकेर उनीहरु फरार भएका थिए । उक्त लकरमा ५ लाख ८२ हजार ५८० रुपैयाँ रहेको खुलेको डीएसपी शर्माले बताउनु भयो । उक्त रकम भएको लकरसँगै उनीहरुले एक थान मोबाइल र पाँच थान झोलासमेत चोरी गरेका थिए ।
चोरी गरेर फरार उनीहरुलाई सोमबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट चोरी भएको लकर र झोलासमेत बरामद गरेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *