दैलेखमा एउटै बँदेलले सात जनालाई टाेकेर घाइते बनायो

Views: 1000 103
0 0
Read Time:1 Minute, 52 Second

दैलेख, ११ बैशाख – रातकाे समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएकाे बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ ।
आज मङ्गलवार दिउँसो भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयवासीलाई बँदेलले टाेकेकाे छ । एउटै बँदेलकाे टाेकाइबाट सात जना घाइते भएका छन् ।
घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा टोलका बारीमा गहुँ काट्दै गरेका मानिसलाई बँदेलले टोकेको भैरवी गाउँपालिका–६ का वडाध्यक्ष तुलबहादुर हमालले बताउनुभयो । बँदेलको टोकाइबाट भैरवी–६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते भएका छन् ।
उनीहरू सबैजसोलाई लखेट्दै गर्दा बँदेलले पछिल्तिरबाट खुट्टाकाे भागमा टोकेको पाइएको पानीपोखरी प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिनुभयो । घाइतेमध्ये ६ जनाकाे स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ । गम्भीर घाइते भएका गणेशलाई थप उपचारका लागि सदरमुकाम ल्याउने पहल भइरहेकाे वडाध्यक्ष हमालले बताउनुभयाे ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *