दाङको दंगीशरणमा पहिलो पटक आधुनिक गर्भनिरोधक सेवा शुरु

Views: 1000 118
0 0
Read Time:1 Minute, 50 Second

दंगीशरण, १५ बैशाख ।  दाङ जिल्लामै पहिलो पटक दंगीशरणमा आधुनिक गर्भनिरोधक सेवा शुरु भएको छ । आधुनिक गर्भनिरोधक साधनको रुपमा दाङका १० वटा पालिका मध्य दंगीशरण गाउँपालिकामा पहिलो पटक सायना प्रेश (D.M.P.A-SC) गर्भनिरोधक सुइको सेवा सुरु भएको हो । स्वास्थ्य साखा दंगीशरणको आयोजनामा सायना प्रेश सेवा संचालन तथा विस्तार सहजीकरण सामाग्री बारे आज प्रशिक्षण कार्यक्रम समेत गरिएको छ । २०७७/०७८ मा सिन्धुलि र नवलपरासीमा परीक्षणको रुपमा लागु भएको सायना प्रेश सुइ अहिले दाङमा पहिलोपटक दंगीशरणमा सेवा शुरु गरीएको पालिकाले जनाएको छ ।
आज एक कार्यक्रमका बिच दंगीशरण भित्रका सवै स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ सायना प्रेश सुइको प्रयोग र यसका फाइदाहरुका वारेमा जानकारी गराइएको छ । सो अवसरमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले आधुनिक प्रविधिको विकास सङ्गै सजिलो र सहज तरीकाको अस्थायी गर्भ निरोधक साधनको रुपमा सायना प्रेश सेवा दाङ्ममै पहिलो पटक दंगीशरणमा सुचारु गर्न पाउदा आफु धेरै खुसि भएको बताउनुभयो । आफु निर्वाचित भएर आइसकेपछी स्वास्थ्य र शिक्षालाइ प्राथमिकतामा राखि काम गरिरहेको समेत उहाँले बताउनुभयो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *