वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियाे २ सय ५ रनकाे लक्ष्य

Views: 1000 90
0 0
Read Time:1 Minute, 29 Second

काठमाण्डाै, १५ बैशाख । पाँच खेलकाे टी–२० क्रिकेट शृङ्खलाकाे पहिलाे खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय ५ रनकाे लक्ष्य दिएको छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का कप्तान राेस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक अथान्थीले ४७ रन बनाए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान राेहितकुमार पाैडेल र अबिनाश बाेहराले समान १ विकेट लिए ।
टी–२० क्रिकेट शृङ्खलाकाे दोस्रो खेल भाेलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछ ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *