तुलसीपुर, १७ बैशाख । दाङका एक युवकको चक्कु प्रहारबाट हत्या भएको छ । दाङको राप्ती गाउँपालिका ३ का २० वर्षीय आयुष चौधरीको चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका १३ बाँयटारीमा डेरा गरी बस्दै आएका राप्ती ३ कै ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई गएराती पौने १० बजेको समयमा सामान्य विवादका कारण चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट घाइते भएका चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवत्ता तथा डिएसपि इन्द्रबहादुर राणाले जानकारी दिनुभयो । मृतक चौधरीको शव अहिले अस्पतालमै रहेको र आफन्त गएपछि परिवारको जिम्मा लगाउने उहाँले बताउनु भयो ।
चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुवै जना मजदुरीका लागि दाङबाट स्याङजा गएका थिए । चक्कु प्रहार गर्र्नेे घर्ती ट्याक्टरका चालक र मृतक चौधरी सहचालक रहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राणाले बताउनु भयो ।।
दाङमा चक्कु प्रहारबाट एक युवकको हत्या
Views: 1000 108
Read Time:1 Minute, 46 Second