दाङको तुलसीपुरमा खानेपानीको चरम अभाव

Views: 1000 110
0 0
Read Time:2 Minute, 46 Second

तुलसीपुर, २१ बैशाख । दाङको तुलसीपुरमा खानेपानीको चरम अभाव हुन थालेको छ । गर्मीयाम सुरु भएसँगै खानेपानीको धारा सुक्न थालेपछी एकदमै समस्या भएको स्थानियले बताएका छन् । धारामा पानी आउन छाडेको अहिले २ महिना भइसकेको तुलसीपुर–६ रजौरा स्थित लक्ष्मी नारायण टोलका द्रोण प्रसाद अधिकारीले बताउनुभयो । गर्मीयामसँगै खानेपानीको धारा सुकेपछी अहिले खानेपानीको जोहो गर्न धेरै कठिन भइरहेको उहाँको भनाई छ । अब छिट्टै सम्बन्धित निकायले खानेपानीको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । यो समस्या उहाँको मात्रै होइन अहिले लक्ष्मी नारायण टोल लगाएत सम्पुर्ण तुलसीपुरबासीले खानेपानीको अभाव झेलिरहेका छन् । पानी नहुदा तुलसीपुर बजारदेखी गाउँसम्म काकाकुल झै बनिसकेको छ । खानेपानीको अभाव भइरहदा लत्ताकपडा धुने र सरसफाईका लागी झनै समस्या भएको छ ।

घरदेखी टाढाँको अर्को गाउँमा गएर धारामा घण्टौसम्म लाइनमा बसेपनि अन्तिममा धारो सुक्दा त्यसै फर्कीनुपर्ने बाध्यता रहेको स्थानिय कमला चौधरीले बताउनुभयो । मानिसलाई धेरै पानी आवश्यक पर्ने यही गर्मी समयमा नै पानीको अभाव हुदा धेरै समस्या भएको छ । अब जुन सुकै विकल्पको प्रयोग गरेर भएपनि खानेपानी संस्थाले पानी उपलब्ध गराउनुपर्ने अर्का स्थानिय भरतमणी आचार्यले बताउनुभयो । यता तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले सुख्खायाममा पानीका मुहान सुक्दै जान थालेपछी पानी आपुर्तीमा समस्या भइरहेको बताउनुभएको छ । अब तत्काल ट्याङ्करबाट भएपनि उपभोक्तालाई निसुल्क रुपमा पानी वितरण गर्ने उहाँले बताउनुभएको छ । पानि मानिसका लागी अपरिहार्य छ । स्वस्थ पानीले नै मानिसको जिवन स्वस्थ हुने गर्दछ । तर, तुलसीपुरका विभिन्न स्थानमा भने गर्मि सुरु भएसँगै पानीको अभाव हुने अवस्था बर्सेनी दोहोरिदै आएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *