तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते

Views: 1000 131
0 0
Read Time:1 Minute, 35 Second

तुलसीपुर, २२ बैशाख ।  दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प ४७९३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको रा ६ प ८९६९ नम्बरको मोटरसाइकलले तुलसीपुर–१९ डाँडागाउ नजिकै हिजो दिउँसो ठक्कर दिदा ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइते हुनेमा रा ४ प ४७९३ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–१८ विजौरीका ४८ वर्षीय हिम बहादुर घर्ती, सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका ३६ वर्षीय मोहनलाल सुनार, रा ६ प ८९६९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ रानिजरुवाका २५ वर्षीय यडिमन जिएम र पछाडी सवार सोही ठाउँका २१ वर्षीय सन्तोष रास्कोटी रहेका छन् । घाइते ४ जना मध्य दुबैजना मोटरसाइकल चालकलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ भने अन्य दुईजना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *