कङ्गोमा विस्थापितको शिविरमा बम विस्फोट हुदा १२ जनाको मृत्यु

Views: 1000 99
0 0
Read Time:1 Minute, 45 Second

काठमाडौ, २२ बैशाख । युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो । घटनामा २० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था एपीले जनाएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । एम २३ अर्थात् मार्च २३ आन्दोलन विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापित भएकाहरुको झुपडीमा बम विस्फोटको घटना भएको हो । राजधानी शहरबाट झण्डै २० किलोमिटर टाढा गोमाबाट जाने रणनीतिक शहर सोकसम्म सडकको दुवैतिर झुपडी छन् । सरकारका प्रवक्ता प्याट्रिक मुयायाले ‘रुवान्डा सेना र उसको एम २३ विद्रोही समर्थकहरु’ विस्फोटका लागि जिम्मेवार रहेको आरोप लगाउनुभएको छ । छिमेकी देश रुवान्डाले एम २३ लाई समर्थन गरिरहेको कङ्गो सरकार र अरु साझेदार देशको आरोप छ । तर रुवान्डाले आफ्नो संलग्नता अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा झण्डै ७० लाख मानिस विस्थापित भएको र यसमा उत्तरी किभुबाट मात्रै २५ लाख मानिस रहेको अनुमान गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *