दाङको तुलसीपुर उद्योग वाणिज्य संघको चुनावका लागी दुईवटा प्यानलको उम्मेद्धारी दर्ता

Views: 1000 104
0 0
Read Time:2 Minute, 27 Second


तुलसीपुर, २४ बैशाख ।  तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागी दुईवटा प्यानलको उम्मेद्धारी दर्ता भएको छ । साझा व्यवसायीक प्यानलबाट ललितजंग शाहको नेतृत्वमा एउटा प्यानल दर्ता भएको छ भने नेपाली कांग्रेसको तर्फबाट विनिल केसीको नेतृत्वमा अर्को प्यानल दर्ता भएको हो । शाह नेतृत्वको साझा प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा डिल्ली बहादुर वली, उपाध्यक्ष (वाणिज्य) मा नरेश कुमार राज भण्डारी, उपाध्यक्ष (उद्योग) मा विश्व बस्नेत रहनुभएको छ । यस्तै कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्र कुमार डाँगी, सचिवमा भुपाल रावत, सह–कोषाध्यक्षमा किशोर कुमार वली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा भिम बहादुर खत्री, शारदा बस्नेत, मिना रावत, मनोज कुमार गुप्ता, कृष्ण बहादुर पुन, सुरेश नेपाली र टोप बहादुर महतरा हुनुहुन्छ ।

यसैगरी विनिल केसी नेतृत्वको प्यानलबाट उपाध्यक्ष (खुल्ला) मा देव बहादुर केसी, उपाध्यक्ष (वाणिज्य) मा खुशलराम शर्मा, उपाध्यक्ष (उद्योग) मा हेमेन्द्र्र खड्का, महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नविन राई, सह–कोषाध्यक्षमा दिपेश भण्डारी रहनुभएको छ । यस्तै सदस्यहरुमा सन्दिप रिजाल, कोमल डिसी, तिर्थ बहादुर डाँगी, माधव बस्नेत, निलम बस्नेत, कल्पना विष्ट, चिन्तामणी आचार्य, शैलेन्द्र बुढाथोकी, सुवास अधिकारी र चन्दन वली रहनुभएको छ । वैशाख २९ गते हुने वाणिज्य संघको निर्वाचनका लागि वैशाख २४ गते आज उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सोही अनुसार दुईवटा प्यानलले उम्मेद्धारी दर्ता गराएका हुन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *