Read Time:1 Minute, 4 Second
तुलसीपुर, २६ बैशाख । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर-७ डाडापातुका दिपक ओलिका ११ वर्षिय छोरा लक्ष्मण वलि रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुरबाट गोठीखोला तर्फ जादै गरेको सल्यान शारदा नगरपालिका-५ का १८ वर्षिय गणेश चन्दले चलाएको रा ८ प ३७६ नम्बरको मोटरसाइकलले तुलसिपुर-७ डाडापातु चोक नजिकै आज बेलुका सवा ६ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका ओलिको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।।