0
0
Read Time:42 Second
काठमाण्डौं, २८ बैशाख । आज एकै दिन सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर एक हजार सात सय ३५ रुपैयाँ पुगेको छ ।।