0
0
Read Time:1 Minute, 0 Second
सल्यान, ३० वैशाख । सल्यानमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या गरेका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१४ देउलीका अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिनुभयो । श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनको भनाई छ । प्रहरीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।