बाटोमा ठोक्किएको निहुँमा यक युवकको चक्कु हानि हत्या

Views: 1000 87
0 0
Read Time:2 Minute, 8 Second


काठमाडौं,  ३० वैशाख । बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ ।
काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्याको भएको थियो । हत्या आरोपमा पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँमा ४ जना किशोरहरुसँग धिमालको विवाद भएको थियो । त्यही विवादपछि किशोरहरुको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको एसपी अधिकारीले बताउनु भयो  ।
धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरेको छैन । उनीहरु साथीको जन्मदिनको भोजमा गएर फर्किएको पाइएको छ ।
प्रहरीका अनुसार उनीहरुले मदिरा पिएका थिए । नशामा रहेको र ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा चक्कु हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी अधिकारीले बताउनु भयो  ।
‘मृतक र पक्राउ परेकाहरु बीच कुनै चिनजान पनि देखिँदैन । अन्य कारणहरु पनि देखिँदैन । ठोक्किएकै निहुँमा हत्या भएको देखिन्छ’ एसपी अधिकारीले भन्नु भयो ।
किशोरहरुको आक्रमणबाट धिमालसँगै रहेका मोरङकै मनिष चौधरी सामान्य घाइते भएका छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *