सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु

Views: 1000 86
0 0
Read Time:1 Minute, 32 Second


३१ बैशाख । अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । उहाँ अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित हुनुहुन्थ्यो ।
जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उहाँलाई बचाउन सकिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो ।
प्रत्यारोपणअघि  हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो । विश्वभर अङ्गको अभाव पुरानो समस्या रहेको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार मार्चमा मिर्गौला प्रत्यारोपणका लागि एक हजार चार सयभन्दा बढी बिरामीको सूची रहेको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *