तुलसीपुर , ३१ वैशाख । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार केसीले एकहजार पाँच सय ५० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी गठबन्धनका ललितजंग शाहले एक हजार तीन सय ४० मत मात्रै प्राप्त गर्नुभएको थियो । केसी २ सय १० मतान्तरले विजयी भएका हुन् । त्यसैगरी उद्योग उपाध्यक्षमा गठबन्धनबाट विश्व बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले कांग्रेसबाट उम्मेदवार हुनुभएका हेमेन्द्र खड्कालाई ४ सय ४७ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । विश्वले १ हजार ५ सय ९० मत प्राप्त गर्दा हेमेन्द्रले १ हजार १ सय ४३ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी विजयी हुनुभएको छ । भण्डारीले १ एक हजार ५ सय २० मत प्राप्त गर्दा कांग्रेसबाट उम्मेदवार बनेका खुशलराम शर्माले ११ सय ८७ मत प्राप्त गर्नु भएको छ । खल्ला उपाध्यक्षमा काँग्रेसबाट उम्मेदवार भएका देबबहादुर केसी विजयी भएका छन् । केसीले १५ सय २० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार डिल्लीबहादुर वलीले १२ सय ११ मत प्राप्त गर्नुभएको छ ।
महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी विजयी हुनुभएको छ । केसीले १५ सय ३० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार नरेन्द्रकुमार डाँगीले १२ सय ३ मत प्राप्त गर्नुभएको थियो ।
कोषाध्यक्ष पदमा काँग्रेसका रुपेश शर्माले १५ सय २६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ११ सय ४६ मत प्राप्त गरेका गर्नु भएको थियो ।
सचिवमा पनि काँग्रेसबाट उम्मेदवार भएका नबिन राईले ९ सय ६९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार चन्दन वलीले ८ सय ४८ मत र गठबन्धनका भुपाल रावतले ६ सय ८२ मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै सह–कोषाध्यक्षमा काँग्रेसका दिपेश भण्डारी विजयी भएका छन् । भण्डारीले ११ सय ५६ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले ११ सय २३ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन परिणाम अनुसार खुला सदस्य तर्फ काँग्रेसबाट उम्मेदवार भएका सबै जना निर्वाचित भएका छन् । जसमा कोमल डिसी ले १४८९ , तिर्थबहादुर डाँगी १५१८ , माधव बस्नेत १४२१, शैलेन्द्र कुमार बुढाथोकी १३ सय ७२, सुवाश अधिकारी १२ सय ९४ मत प्राप्त गरि विजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्य तर्फ गठबन्धनबाट शारदा बस्नेत १२ सय ६७ र मिना रावतले १२ सय ८५ मत प्राप्त गरि विजयी हुुनुभएको छ ।।
तुलसीपुर वाणिज्य संघमा ४ पद बाहेक अन्यमा काँग्रेसको वर्चस्व
Views: 1000 114
Read Time:3 Minute, 37 Second