वैदेशिक रोजगारीमा लगाइदिने भन्‍दै अनलाइनमार्फत रकम ठगी गर्ने एक युवती पक्राउ

Views: 1000 117
1 0
Read Time:1 Minute, 9 Second


काठमाडौं, जेठ १ । वैदेशिक रोजगारीमा लगाइदिने भन्‍दै अनलाइनमार्पत रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको  छ ।
पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ घर भई हाल कुलेश्वर हाइटमा बस्‍ने २८ वर्षीया सुनिता गुरूङ रहेकी छिन् ।
उनलाई प्रहरीले कुलेश्वर हाइटबाट पक्राउ गरेको  हो ।
पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा  कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर  वैदेशिक रोजगारीका लागि जापानमा चप्पल कारखाका, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब दिने गरी काम मिलाइदिने भन्‍दै विभिन्न व्‍यक्तिबाट ४७ लाख ६८ हजार  ७१६ रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *