सल्यानमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

Views: 1000 145
0 0
Read Time:1 Minute, 55 Second


तुलसीपुर, १ जेठ । सल्यानमा फेरी श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । जिल्लाको शिद्धकुमाख गाउँपालिका–४ साजनजिउलाका ३१ वर्षीय केशर रानाले धारिलो हतियार प्रहार गरी ३० वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरदेखि करिव ३० मिटरको दुरीमा रहेको भीमलको रुखमा झुण्डिएर आम्तहत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । उहाँले घटना मंगलबार बिहान करिब ४ बजेको समयमा भएको र आफूहरुलाई ६ वजे जानकारी आएको बताउनुभयोे । राना दम्पतीका १६ दिनको नवजात शिशु छोरीसहित (८ बर्षिया छोरी, ५ र साढे २ वर्षको दुई छोरा) गरी ४ छोराछोरी रहेका छन् ।
केशरको मानसिक अवस्था ठिक नभएको र मापसे धेरै गर्ने गरेको कुरा स्थानीयबाट जानकारीमा आएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । यसअघि वैशाख ३० गते आइतबार पनि सल्यानमै श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका थिए । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १४ देउलीका ३२ वर्षीया कमला बुढाको हत्या गरी अन्दाजी ३४ वर्षीय मनोज बुढाले आत्महत्या गरेका थिए ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *