प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ

Views: 1000 72
0 0
Read Time:1 Minute, 27 Second

बबिता थापा पोखरा, १ जेठ । कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले ८ जनालाई पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
सहकारीका सञ्चालक समितिका पदाधिकारीसमेतले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रहरीमा जाहेरी दिएको थियो ।
उक्त सहकारीमा १ अर्ब ५४ करोड १५ लाख ८ हजार। १४२ रुपैयाँ ८५ पैसा हिनामिना गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीले बचतकर्ताहरुसँग पनि उजुरी आह्वान गरेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *