0
0
Read Time:56 Second
तुलसीपुर, २ जेठ । पश्चिम दाङमा बबई नदिमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदाले स्थित बबई नदी घाटमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय दिपेश परियार, १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार भारतबाट फूपूको घर आएका उनीहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दीपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो भने दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार रोजगारी सिलसिलामा भारत बस्दै आएका छन् ।।