बबई नदिको पानी लिफ्टिङ गरेर तुलसीपुर ल्याईदै

Views: 1000 79
0 0
Read Time:3 Minute, 56 Second

तुलसीपुर, २ जेठ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाईले संस्था १३ महिना भित्र बबई नदिको पानी उपभोक्ता सम्म पुर्‍याउने गरी काम अघि बढाएको छ । सोही तयारी अन्तर्गत बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढाइएको छ । कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले बबई लिफ्टिङको काम सुरू गरिसकेको छ ।
सम्पवेल (इनारजस्तै पानी संकलन गर्ने प्रविधि) को शिलन्यास तुलसीपुरका मेयर टिकाराम खड्काले गर्नु भएको छ । शिलन्यास गर्दै काम समयमा सम्पन्न गरी खानेपानीको समस्या समाधान गर्न मेयर खड्काले आग्रह गर्नुभयो। सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ता रु ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सेवकराम भण्डारीले जानकारी दिनुभयो । सचिव भण्डारीका अनुसार सरकारले र३८ करोड ८३ लाख, १७ हजार २ सय ४१ र उपभोक्ताले १७ करोड ७ लाख ३ सय ८८ रूपैयाँ खर्च गरिने छ । उपभोक्ताका तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको सदस्या आशा जिशीले जानकारी दिनुभयो । नगर विकास समितिबाट रु १४ करोड २२ लाख ५६ हजार १ सय ५८ ऋण लिएको र बाँकी रु २ करोड ८४ लाख ५१ हजार २ सय ३१ उपभोक्ताले उठाएको सदस्य जिशीले बताउनुभयो ।
बबईको पानी तुलसीपुर ल्याउन ३ वटा सम्पवेल तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वमा निर्माण गरिने छ भने त्यसको ३ सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बनाइने छ । त्यहाँ ‘र्‍यापिड स्यान्ड फिल्टर’ दुई वटा र ‘मल्टी ग्रेड प्रेसर फिल्टर’ ६ वटा निर्माण गरिने छ । ‘मल्टी ग्रेड फिल्टर’ समेत बनाइने छ । तुलसीपुरको शिखर कोलेनीमा ४५० घनमिटर, झुमरेमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड ट्याङ्की पनि निर्माण गरिने छ । त्यस्तै डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् । २८ दशमलव ३१५ किलोमिटर प्रशारण पाइपलाइन विस्तार गरिने छ ।
बबई लिफ्टिङबाट डिपबोरिङमार्फत् प्रतिसेकेन्ड ६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । विभिन्न ६ स्थानमा डिपबोरिङ निर्माण गरिनेछ । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी आपूर्ति गरिनेछ । तुलसीपुर खानेपानी अन्तर्गत हालसम्म ८ हजार २ सय २६ धारा छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा चार हजार सात सय धारा थप हुने कोषाध्यक्ष सिताराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ असार ३ गतेसम्म उपभोक्ताको घरमा बबई नदिको खानेपानी पुर्‍याइने छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *