0
0
Read Time:54 Second
तुलसीपुर, २ जेठ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा घर भई अहिले दाङको घोराही–१५ रतनपुर बस्दै आएका सागर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार ३ जना सवार रा ५ ख ४९०८ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–१३ बडहरामा मंगलवार दुर्घटना भएको हो । दुर्घटनामा परी पछाडी सवार अन्य दुई जना घाईते भएका छन् । घाइते घोराही–१४ की अञ्जली मगर र मोटरसाइकल धनी सुभास घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।