Read Time:1 Minute, 11 Second
तुलसीपुर, ३ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका योजना ल्याएको छ । नगर प्रमुख टिकाराम खड्काका अनुसार नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने भएको छ । त्यससैगरी शिक्षकले प्रधानाध्यापकसँग करार सम्झौता गर्नुपर्ने भएको छ ।
सामुदायिक विद्यालयको स्तर खस्कीदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौत गर्न लागिएको हो । सम्झौतामा शिक्षाको गुणस्तर सुधार्ने प्रतिवद्धता उल्लेख गरिने छ । राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्सहान गर्न सेवासुबिधा थप गरिने उपमहानगरले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकामा ८३ वटा सामुदायिक विद्यालय रहेका छन् ।।