तुलसीपुर, ३ जेठ । दाङको तुलसीपुरमा बलात्कार मुद्दाका दुइजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक मानपुर-६ अहिले तुलसीपुर-१६ निवासी ५५ वर्षिय छबिलाल चौधरी र तुलसीपुर-४ निवासी ५५ बर्षकै राम बहादुर गन्धर्व रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीलाइ १४ बर्षपछि पक्राउ गरिएको हो भने गन्धर्वलाई ४ बर्षपछि पक्राउ गरिएको हो ।
पक्राउ परेका चौधरीलाई दाङ जिल्ला अदालतले २०७७ साल चैत २५ गते बलात्कार मुद्दामा दोसि ठहर गरेको थियो भने गन्धर्वलाई २०८० पुस २२ गते उच्च अदालत तुलसीपुरले दोसि ठहर गरेको थियो । २०६७ सालदेखि फरार रहेका चौधरी र २०७७ सालदेखि फरार रहेका गन्धर्वलाई खोजतलास गर्दै जाद विभिन्न स्थानबाट दुबैजनालाइ आज बिहिवार पक्राउ गरि कैद भुक्तानका लागि करागार चलान गरिएको प्रहरीले जनाएको छ ।।