काठमाडौँ, ४ जेठ । कैलालीमा हत्या आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनर्स्थापना केन्द्रमा २५ वर्षीय सुनिल शाहीको हत्या आरोपमा पुनर्स्थापना केन्द्रका सञ्चालक बलराम खत्री र रोशन ऐरसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी (डीएसपी) कवीन्द्र बोहराले जानकारी दिनुभयो । यस्तै अन्य पक्राउ पर्नेमा बलराम खत्री, होम तामाङ, रोशन ऐर, विपुल सापकोटा, विनोद शाही, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, आकाश अधिकारी, नविन रावल, नमराज चौधरी, सञ्जिव मन्ने, सुमन भट्ट, गौरव आचार्य, कमल रिजाल र दुई जना नाबालक रहेको प्र्रहरीले जनाएको छ ।
वैशाख २५ गते दिउँसो सुधार केन्द्रका सञ्चालक र आश्रितहरूले कुटेर शाहीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको छ । मृतकको शरीर भरि निलडाम देखिएको छ । उनीहरु विरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिनुभयो । लागु औषधको लत छुटाउन परिवारले शाहीलाई नयाँ बाटो पुनर्स्थापना केन्द्रमा केन्द्रमा राखेका थिए ।।
सुधार केन्द्र भित्रै एक युवकको हत्या – १७ जना पक्राउ
Views: 1000 244
Read Time:1 Minute, 48 Second