Read Time:1 Minute, 14 Second
काठमाण्डौ, ४ जेठ । चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको जानकारी दिएको हो । यस्तै चालु आर्थिक वर्षको नौ महिनामा कुल वैदेशिक व्यापार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा २ दशमलव ९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा वस्तु निर्यात ३ दशमलव ७ प्रतिशतले घटेको छ भने वस्तु आयात २ दशमलव ८ प्रतिशत र कुल वस्तु व्यापार घाटा २ दशमलव ८ प्रतिशतले घटेको उल्लेख छ । आयातमा भएको सङ्कुचनका कारण शोधनान्तर बचत बढ्न गई बाह्य क्षेत्र सुदृढ रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।।