हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Views: 1000 115
0 0
Read Time:1 Minute, 12 Second

हेटौंडा, ४ जेठ । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–६ प्रतापपुरका ५५ वर्षीय कालेबहादुर राईको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गोठालो गएका बेला उनलाई हात्तीले आक्रमण गरी घटनास्थलमै मारेको मकवानपुर प्रहरीले जानकारी दिनुभएको छ ।

उनको शव शुक्रबार बिहान फेला पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । राईको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

हात्तीको आक्रमणबाट चराउन लगिएका २ वटा राँगा पनि घाइते भएको पर्सा राष्ट्रिय निकुन्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष सीताराम अर्यालले जानकारी दिनुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *