दाङ, ४ जेठ । दाङको दंगीशरणमा ५० प्रतिशत अनुदानमा किसानलाई धानको विउ वितरण गरीएको छ । पालिकाको कृषि शाखाको आयोजनामा उन्नत जातको धानको विउ वितरण गरिएको हो । धानको विउ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले परम्परागत खेती प्रणालि हराउदै गएको अवस्थामा आधुनिक खेती प्रणालिको विकास भएको बताउनुभएको छ । आफुहरु किसानहरु लाभान्वित हुने खालका कार्यक्रमहरुलाई प्राथामिकता दिएर अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
सोही अनुरुप अबको केही दिनमा कृषि औजार समेत वितरण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । संघिय ससर्त कार्यक्रम अनुसार बहुगुणी–१, सुक्खा–२, चैते–५, हर्दिनाथ–६, रामधान लगायतका उन्नत जातको धानको विउ वितरण गरीएको पालिकाले जनाएको छ । गाउँपालिकाले सुचना जारी गरको र विभिन्न समुहरुबाट माग भइ आएअनुसार ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गरीएको भन्दै २० वटा कृषक समुहका ५ सय जना किसानलाइ पुग्ने अपेक्षा गरीएको कृषि साखा प्रमुख शरु भुषालले बताउनुभएको छ ।।
दाङको दंगीशरणमा किसानलाई धानको विउ वितरण
Views: 1000 92
Read Time:1 Minute, 34 Second