सुनचाँदीका गरगहना र नगद चोरी गर्ने ६ जना पक्राउ

Views: 1000 126
0 0
Read Time:1 Minute, 26 Second


काठमाडौं, ५ जेठ ।  ललितपुरमा चोरी गर्ने सहूका व्यक्तिहरू पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका-२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका-३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा-१४ का मोहम्मद समिर रहेका छन् ।
पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।
उनीहरूलाई फरक-फरक दिन फरक-फरक ठाउँबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *