कार दुर्घटना हुँदा २ जनाको मृत्यु

Views: 1000 92
0 0
Read Time:1 Minute, 6 Second


हेटौंडा, ५ जेठ । मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका-६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका-१२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ ।
उनीहरुको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । कारका चालक बाराको निजगढ नगरपालिका-६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *