Read Time:1 Minute, 7 Second
रोल्पा, ५ जेठ । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-६ घरभइ हाल रोल्पा नगरपालिका- १ मेबाङमा बस्दै आएकी ४३ वार्षिय रुपसरी बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार रोल्पा नगरपालिका-४ खाद्यटोल लिबाङस्थित पानीको ट्याङ्की बोकेर उकालोमा चढ्ने क्रममा आज राति ८ बजेको समयमा लु ३ ट ३४०२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पछाडी तिर झरेर दुर्घटना भएको प्रहरीको आकलन रहेको छ । चालक भने सकुशल रहेको र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।