0
0
Read Time:51 Second
तुलसीपुर, ६ जेठ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ आदर्श टोल निवासी १३ वर्षीय विवेक भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा भण्डारीको मृत्यु भएको हो । उनी साथीहरू मिलेर नुहाउन गएको बेला पानीमा डुबेका थिए । उनको शव सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निकाले डीएसपी मल्लले बताउनुभएको छ ।।