मालपोत कार्यालयका प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Views: 1000 109
0 0
Read Time:2 Minute, 28 Second


काठमाडौं, ६ जेठ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जिल्लाको साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नम्बर ९०८ को १५ बिगाह जग्गा फिल्डबुकमा जङ्गल कायम भएपनि कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । अनुसन्धानमा स्नेही रसाइली र नायब सुब्बा अग्निबहादुर शाहीले गैरकानूनी रुपमा जङ्गलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा विन्द्रा रावल, कमलबहादुर रावल, सुशिलबहादुर रावल र विमलबहादुर रावलको संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हक हस्तान्तरण गरेको पाइएको अख्तियारको दाबी छ ।
पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजात समेत कार्यालयको अभिलेखबाट नष्ट गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलका साथै आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशिलबहादुर रावल र विमलबहादुर रावलविरुद्ध समेत मुद्दा दायर गरेको घिमिरेले जानकारी दिनुभयो । उनिहरू विरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ बिगो कायम गरेर कैद र जरिवानासमेत माग दाबी गरिएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *