कृष्ण अधिकारी/ तुलसीपुर, ७ जेठ । दाङको दङ्गिशरणमा सार्वजनिक सुनुवाइ सुरु भएको छ । जसअनुसार आज वडा नम्बर १ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा ब्ल्याक डाइमण्ड फिल्मस प्रा.लि. को व्यवस्थापनमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाका जना १६ जना भन्दा धेरै नागरिकले विभिन्न गुनासा, जिज्ञासा तथा प्रश्नहरु राखेका थिए । उनीहरुले विशेषगरि सडकको समस्या, गोल्टाकुरी स्वास्थ्य चौकीमा सामान्य औसधि पनि नपाइने समस्या, खोला र नदिले खेतबारी कटान गर्ने समस्या रहेको बताएका थिए भने कृषि औजार वितरण र पशुमा लगाउने खोपका बारेमा समेत प्रश्न उठाएका थिए । त्यसैगरी खानेपानीका ट्याङ्की निर्माण गरिएपनि कामले पुर्णता नपाउदा खानेपानीको समस्या भएको बताएका छन् । यस्तै आधारभुत बिधालय बाकीबेटारपुरमा शिक्षाको गुणस्तर सुधारका लागि प्रत्येक महिना अभिभावक भेला बोलाउनुपर्नेमा कार्यक्रममा उपस्थित वडाका नागरिकले जोड दिएका छन । यस्तैगरि फुर्केसल्लिका नागरिकले जंगली जनावरको हैरानीबाट मुक्त गराउन तारजालिको व्यवस्था गर्न माग गरेका छन भने खानेपानीको पाइप लागलागिबाट जलेर नस्ट हुदा पानीको समस्या झेल्नुपरेको भन्दै यसतर्फ वडाको ध्यानाकर्षण गराएका छन् । नागरिकबाट आएका गुनासा तथा प्रश्नको जवाफ सम्बन्धित विषयगत शाखाका प्रतिनिधिले दिनुभएको थियो । जसमा कृषिसङ्ग सम्बन्धित जिज्ञासामा कृषि प्राबिधिक लोकमान चौधरीले प्रष्ट पार्नुभएको थियो भने स्वास्थ्य सम्बन्धि प्रश्नको जवाफ आधारभुत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्माले दिनुभएको थियो । शिक्षा सम्बन्धि प्रश्नको जवाफ आधारभुत बिधालयका प्रधानाध्यापक दिपक बिष्टले दिनुभएको थियो भने केही नागरिकका जिज्ञासामा वडा सदस्य मिना चौधरीले पनि जवाफ दिनुभएको थियो ।
। यस्तै मुख्य जवाफदेहि वक्ताको रुपमा रहनुभएका वडा अध्यक्ष रमेश भण्डारीले समग्र वडाको तर्फबाट सम्पुर्ण प्रश्न तथा जिज्ञासाहरु मेटाउने प्रयास गर्नुभएको थियो । जसमा फुर्केसल्लिको खानेपानी समस्याको लागि पाइपको व्यवस्थापन गर्ने काम भैरहेकाले अब तत्कालै यो समस्या समाधान हुने अस्वासन दिनुभएको छ भने जंगली जनावरको समस्या समाधानका लागि यो बर्ष केही ठाउँमा तारजाली लगाउने काम भएको भन्दै अब अन्य ठाउँमा पनि बिस्तारै पुरा गर्दै जाने बताउनुभएको छ । यस्तै सार्वजनिक भन्दा व्यक्तिगत समस्याहरु बढी आउने गरेको भन्दै उहाँले सानातिना घरायसी कामपनि सरकारले गरिदियोस भन्ने मानसिकताबाट मुक्त हुन नागरिकलाई आग्रह गर्नुभएको छ । कतिपय कामहरु वडाको क्षेत्राधिकार भन्दा बाहिरका रहेकाले समस्या भएको र बजेट अभावले गर्दापनि सोचेअनुसारको काम गर्न नसकिएको भन्दै आगामी दिनमा वडाबासिका मागलाई मनन गर्दै अगाडि बढ्ने वडा अध्यक्ष भण्डारीले बताउनुभएको छ । वडासचिव मन बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार एज.आर मगरले गर्नुभएको थियो ।।