Read Time:1 Minute, 10 Second
विराटनगर, ८ जेठ । करेन्ट लागेर कुखुरा फार्म सञ्चालकको मृत्यु भएको छ ।
मंगलबार मोरङ बेलबारी नगरपालिका–९ बेराखुनीका ३७ वर्षीय अनिल शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो।
डीएसपी बस्नेतका अनुसार शेर्पाले आफ्नै फार्मभित्र कुखुरा फार्म सञ्चालन गरेका थिए । फार्मभित्र पंखा जोड्ने क्रममा बिहान ९ :२० बजेतिर उनलाई करेन्ट लागेको थियो ।
पंखा जोड्दै गर्दा विद्युत प्रवाह भइरहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका शेर्पालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।।