तुलसीपुर–सल्यान सडकखण्ड एकतर्फी खुल्यो

Views: 1000 106
0 0
Read Time:1 Minute, 24 Second


तुलसीपुर, ९ जेठ । दाङको तुलसीपुर–सल्यान सडकखण्ड एकतर्फी खुलेको छ । बिच बाटोमा टिप्पर विग्रिदा बिहान पौने ५ बजेदेखी आवतजावत ठप्प भएको सो सडकखण्ड अहिले केहीबेर अघिबाट सुचारु गरिएको अस्थायी प्रहरी पोष्ट गोठीखोलाका ट्राफिक प्रहरी सहायक निरीक्षक सालिकराम बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान पौने ५ बजेको समयमा तुलसीपुर–३ लाहुरेचौरस्थित कोइलाबाट ढुङ्गा लिएर घोराहीतर्फ जादै गरेको रा १ ख २४४५ नम्बरको टिप्परको डाइभर साइडको क्राउम भाँचिदा सडक ठप्प भएको थियो ।

सडक बन्द हुदा सवारीसाधनको लामो लाइन लागेको थियो भने सवारी चालक तथा यात्रुहरुले त्यसलगत्तै आफुहरु पुगेर टिप्पर खाली गरी साइड लगाएर अहिले पौने ९ बजेदेखी एकतर्फी सडक सुचारु गरिएको उहाँले बताउनुभयो । अहिले टिप्पर मर्मतको काम भइरहेको भन्दै उहाँले अब टिप्पर बनेपछी सडक पुर्णरुपमा सुचारु हुने बताउनुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *