Read Time:1 Minute, 16 Second
दाङ, ९ जेठ । दाङको देउखुरीमा २ वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको गंगादेब गाउँपालिका–६ ताप्ला बजारका ५४ वर्षिय विरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लुम्बिनी ए।ए।ए ८७०० नम्बरको सरकारी मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा ३ प ८२४५ नम्बरको मोटरसाइकल आज बुधबार दिउँसो पौने २ बजेको समयमा लमही नगरपालिका–१ नर्तीमा एकआपसमा ठोक्किदा तिनजना घाइते भएका थिए ।
घाइते मध्य खड्काको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र अन्य सोही ठाउँका ५७ वर्षिय कमानसिंह खत्री र रुपन्देहीको गैडहवा गाउँपालिका–७ छत्रपुरुवाका ३१ वर्षिय अजय मिश्रको अहिले उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।।