दाङ तुलसीपुरको दिव्यकुञ्ज एकाडेमीमा मुठ्ठीदान कार्यक्रम सम्पन्न

Views: 1000 177
2 0
Read Time:3 Minute, 15 Second

कृष्ण अधिकारी/ तुलसीपुर, ९ जेठ । दाङको तुलसीपुर–७ मा रहेको दिव्यकुञ्ज एकाडेमीले आज बुद्ध जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । भोली आउदै गरेको बुद्ध जयन्तीको अवसरमा आज विशेष मुठ्ठीदान कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा बारा, पर्सा, मकवानपुर, दैलेख, लगाएतका गुम्बाहरुबाट १९ जना लामाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रिय महासचिव प्रेम दोर्जे बल लामाले भगवान गौतम बुद्धका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको प्रमुख अथिती समेत रहेका लामाले गौतम बुद्धका राम्रा बानी व्यवहारहरु अनुसरण गरी अगाडी बढ्नुपर्नेमा जोड दिदै विद्यार्थीहरुलाई ज्ञानका कुराहरु सिकाउनुभएको थियो । सो अवसरमा विद्यालयका शिक्षक डा। प्रेम योगीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरु पनि बुद्धको दर्शनमा लाग्नुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुठ्ठीदान समेत गरिएको थियो । मुठ्ठीदान कार्यक्रममा विद्यार्थीहरुले स्वैच्छिक रुपमा घरबाट लिएका मुठ्ठी चामल र केही आर्थीक सहयोग समेत गरेका थिए । जसमार्फत ५ बोरा चामल र १२ हजार ३ सय ५० रुपैयाँ नगद सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सहयोग तुलसीपुर–३ दमारगाउँमा रहेको बौद्ध गुम्बालाई हस्तान्तरण गरिएको छ । विद्यार्थीहरुलाई गौतम बुद्ध सम्बन्धि ज्ञान प्रदान गर्ने र दानको भावना जगाउने उदेश्यले बुद्ध जयन्तीको पुर्व सन्ध्यामा मुठ्ठीदान कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यार्थी तथा शिक्षकहरुको मुठ्ठीदान सहयोगका लागी विद्यालयले तुलसीपुर–३ र ९ मा रहेको बौद्ध गुम्बाका १९ जना भिक्षु तथा लामालाई विद्यालयमा आमन्त्रण गरेको थियो । यो कार्यक्रम लुम्बिनी प्रदेशमै पहिलो कार्यक्रम रहेको विद्यालयको दाबी छ । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पुर्ण केसी ९मुस्कान० ले गनुभएको थियो ।।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *