
दाङमा लागूऔषध सहित २ जना पक्राउ
दाङ, माघ २३ । दाङमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ भिमसेन टोलमा डेरा गरी बस्ने २५ वर्षीय तनुज श्रेष्ठ र रोल्पा नगरपालिका वडा नम्बर ३ घर भई हाल घोराही उपमहानगरपालिका १५ निवासी १९ वर्षीय टेकराज गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।…