बाढीमा परि ३३ जनाको मृत्युका

काठमाडौ, भदौ २९ । टाइफुन यागी आँधीपछि म्यानमारमा ठूलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । दुई लाख तीस हजार भन्दा धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएका छ्न । म्यानमारको सैन्य सरकारले प्रभाव कम गर्न विदेशी सहायताको लागि अनुरोध गरेको छ । राजधानी नेपिडाव सबैभन्दा बढी प्रभावित क्षेत्रमा…

थप पढ्नुहोस्

सुडानमा विद्रोही सेनाको आक्रमणमा परेर २३ जनाको मृत्यु

काठमाडौ, श्रावण २० । सुडानको डार्फर राज्यको राजधानी एलफशरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् । आरएसएफले जानाजान सर्वसाधारणलाई लक्षित गरेर गरेको आक्रमणमा २३ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरएसएफले…

थप पढ्नुहोस्

रसुवा केन्द्रबिन्दु भएर भुकम्पको धक्का

काठमाडौँ, श्रावण २ । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु रसुवाको मन्चेट नजिक रहेर भुकम्प गएको हो । दिउँसो ३ बजेर २४ मिनेट जाँदा गएको उक्त भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड रहेको थियो ।।

थप पढ्नुहोस्

रुसले युक्रेनमा गरेको आक्रमणमा ४१ जनाको मृत्यु

काठमाडौं, २५ असार । रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा ४१ जनाको ज्यान गएको छ । झण्डै दुई सय जना घाइते भएका छन् । रुसले हिजो युक्रेनको राजधानी कीभको एउटा बाल अस्पतालसहित मध्य र पूर्वी क्षेत्रमा हिजो दर्जनौँ मिसाइल आक्रमण गरेको थियो । हिजोको आक्रमणमा ४१ जनाको ज्यान गएको र १ सय ८४ जना घाइते भएका…

थप पढ्नुहोस्

११५ बोरा अवैध प्याज बरामद

बुटवल, असार २ । रुपन्देहीमा १ सय १५ बोरा अवैध प्याज बरामद गरिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले करिब ५ हजार ७ सय ५० केजी प्याज बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देहीबाट खटिएको टोलीले  ओमसतिया गाउँपालिका–४ स्थित वसन्तपुरबाट उक्त प्याज बरामद गरेको हो ।  भारतबाट अवैध…

थप पढ्नुहोस्

युक्रेनी सेनाको आक्रमणबाट २२ जनाको ज्यान गयो

काठमाडौं, २६ जेठ । युक्रेनी सेनाले रुसले कब्जा गरेको खेरसनमा आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ । रुसले कब्जा गरेको खेरसन क्षेत्रको सडोभोये गाउँमा एउटा पसलमा दुई पटक भएको बमबारीमा २२ जना नागरिकको मृत्यु भएको गभर्नर भ्लादिमिर साल्दोले बताउनुभएको छ । आक्रमणको समयमा पसलभित्र ग्राहक र पसलका कर्मचारीको भीड लागेको थियो । पहिलो हमला…

थप पढ्नुहोस्

जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।।

थप पढ्नुहोस्

अस्ट्रेलियामा माछा मार्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु

काठमाण्डौ, १५ जेठ ।  अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको मृत्यु भएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको मृत्यु भएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेको परिचय खुलेको छैन । उनीहरू २२ र २५ वर्षका छन् । हिजो दिउँसो पौने ३…

थप पढ्नुहोस्

रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश

काठमाण्डौ, १४ जेठ ।  रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएको आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति…

थप पढ्नुहोस्

दाङमा नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

तुलसीपुर, १४ जेठ । प्राविधिक समस्याका कारण दाङसहित रुकुमसम्मका जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ ।दाङको लमहीदेखि घोराहीतर्फ आउने बाटोमा प्राविधिक समस्याका कारण नेपाल टेलिकमको टेलिफोन सेवा आज विहान करिब पौने १० बजेदेखि अवरुद्ध भएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्राविधिक समस्याका कारण घोराही, तुलसीपुर, सल्यान,…

थप पढ्नुहोस्