असार २५, २०८१
पढ्न लाग्ने समय :

आज सुनको भाउ नौ सय रुपैयाँले घट्यो

काठमाण्डौ, २५ असार । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ४५ हजार रूपैयाँ रहेको सुनको भाउ आज नौ सय रुपैयाँले घटेर तोलामा एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड तोलामा १ लाख ४५ हजार ४ सय रुपैयाँ बनाएको थियो । त्यस्तै चाँदी भाउ पनि तोलामा पाँच रुपैयाँले घटेको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ९० रुपैयाँ रहेकोमा आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्