चैत्र ५, २०८१
पढ्न लाग्ने समय :

इप्रका तुलसीपुर नजिकै नास्ता पसलमा बोलाएर युवक माथी खकुरी प्रहार

तुलसीपुर, चैत ५ ।  दाङको तुलसीपुरमा एक युवकमाथी खकुरी प्रहार भएको छ । खकुरी प्रहारबाट तुलसीपुर–१८ दुधरासका १८ बर्षीय विनोद नेपाली गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सोही ठाउँका १७ बर्षीय हिमाल परियार र अन्दाजी १८/१९ बर्षीय राका जोजो भनेर चिनिने एक युवाबिच केहीदिन अघि फेसबुक म्यासेन्जरमा सामान्य बिबाद भएको थियो । सोही बिबाद मिलाईदिने भन्दै अर्का युवा रोहन श्रेष्ठले आफुलाई तुलसीपुरको सल्यान रोडस्थित सिता नास्ता पसलमा बोलाएको हिमाल परियारले बताउनुभयो । चिनेकै साथी रोहनले बोलाएपछी आफु अन्य ३ जना साथीसहित सिता नास्ता पसलमा पुगेको उहाँले बताउनुभयो । ’मलाई राका भन्नेले केहीदिन अघि म्यासेन्जरमा बोलाएको थियो, उहाँले भन्नुभयो,’– त्यहीबाट कुरा गर्दै जादा सामान्य भनाभन अवस्था सृजना भएको थियो, अनि उसले रोहन दाईलाई यो कुरा भनेको रहेछ । रोहनसँग मेरो पनि चिनजान थियो, अनि उहाँले मलाई तिमिहरु दुइजनाको झगडा मिलाईदिन्छु तुलसीपुर आउ भन्नुभयो । मैले त मेरो पक्षमा सोचेर भन्नुभएको होला भनेर आइहाले । उहाँसँग म भन्दा झन नजिकका उनीहरु रहेछन् । मलाई खुकुरी हान्ने योजना बनाएर बोलाएका रहेछन् । पहिले थाहा भएन ।

सुरुमा मलाई एक्लै भित्र बोलाएर कुटपिट गर्न थालेपछी थाहा भयोे । मलाई हातपात गरेपछी साथी छुटाउन जादा उसलाई खुकरी हाने’ । नास्ता पसलमा भेट भएपछी उनीहरुले पहिले चिया मगाएर खुवाएको र पछी कुटपिट गर्न थालेको उहाँले बताउनुभयो । आफुलाई कुट्न थालेपछी छुटाउन गएका विनोद माथी नै खुकुरी प्रहार भएको उहाँको भनाई छ । आफुलाई भनेर हानेको खुकुरीले विनोदलाई लागेको उहाँले बताउनुभयो । आफुलाई झगडा मिलाउने भन्दै बोलाएका रोहनले नै राका भन्नेलाई खुकुरी झिकेर दिएको र राकाले प्रहार गरेको उहाँले बताउनुभयो । यसरी हेर्दा रोहनकै योजनामा घटना भएको पिडित पक्षको भनाई छ । इलाका प्रहरी कार्यालय नजिकै यसरी दिनदहाडै युवकमाथी खुकुरी प्रहार हुनु दुखद कुरा रहेको भन्दै पिडित परिवारले दोसीमाथी कडा कारवाहीको माग गरेका छन् । प्रहरी कार्यालयकै अगाडी यस्तो घटना हुनुले प्रहरीलाई नै चुनौती दिएको उनीहरुको भनाई छ । अहिले घटनामा संलग्न सबैजना फरार भएका छन् । उनीहरुको खोजी तिब्र पारेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भइसकेकाले पनि छिट्टै पक्राउ पर्ने प्रहरीको दाबी छ । घटना आज दिउँसो २ बजेको समयमा भएको थियो । घाइते नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नर्सीङहोम नेपालञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्