दाङको तुलसीपुरमा महिलालाई होटेलमा लगेर बलात्कार गरि फरार रहेका एकजना पक्राउ

दाङ, चैत २१ । दाङको तुलसीपुरमा महिलालाई होटेलमा लगेर बलात्कार गरि फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका-७ घर भई दाङको तुलसीपुर उप महानगरपालिका-५ बसपार्क बस्ने २२ वर्षिय अर्जुन थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनि गत असार ९ गते राती अन्दाजी ९ बजेको समयमा परिवर्तित नाम ५६ तुलसीपुर ०८०-१३८ लाई ललाई फकाई होटल गेष्ट हाउसमा लगी जबरजस्ती करणी फरार रहेका थिए । खोजतलास गर्दै जाँदा चैत १९ गते सल्यानको शारदा नगरपालिका-७ कुरल भन्ने स्थानमा लुकिछपी बसेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाइ दाङ जिल्ला अदालत घोराही दाङबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।।