दाङमा अत्यधिक गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

दाङ, १७ जेठ । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द गरिएको छ । गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभएको छ । उहाँले २३ गतेदेखि पठनपाठन संचालन गरिने बताउनुभयो ।।