मंसिर १९, २०८१
पढ्न लाग्ने समय :

दाङमा ब्राउन सुगर सहित एक युवक पक्राउ

दाङ, १९ मंसिर । दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका ६ निवासी  ३० बर्षको बिरेन्द्र बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

प्रहरीले उनलाई संकास्पद रुपमा हिडिरहेको अबस्थामा घोराही उपमहानगरपालिका १३ बर्माचोकबाट मंगलबार पक्राउ गरेको हो । उनको साथबाट सानो ५ वटा पुडिया बनाई धागोले बाधी लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ३ ग्राम ४२० मिलिग्राम बरामद गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्