चैत्र ३०, २०८०
पढ्न लाग्ने समय :

रुकुममा तालमा डुबेर एक बालकको मृत्यु

रुकुम पश्चिम,२९ गते । रुकुम पश्चिममा पानीको तालमा डुबेका एक बालकको मृत्यु भएको छ । अर्का एक युवक भेरी नदीमा डुबेर बेपत्ता भएका छन् । बाँफिकोट गाउँपालिका–४ छिनखेतमा फोहोर पानी जम्मा भएको तालमा डुबेका दैलेखको भगवतीमाई गाउँपालिका–५ का ५ वर्षका बालक हिमेश थापाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभएको छ ।
हिमेश हिजो छिनखेतको तालमा डुबेका थिए । त्यस्तै, भेरी नदीमा नुहाउन गएका जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर–३ सिमाका २४ वर्षीय कमल बुढा डुबेर बेपत्ता हुनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्