दाङसहित विभिन्न स्थानमा तिब्र हावाहुरी
तुलसीपुर, ६ चैत । दाङसहित लुम्बिनी प्रदेशमा विभिन्न जिल्लाहरुमा तिब्र रुपमा हावाहुरी चलेको छ । प्रदेशअन्र्तगतका बाँके, दाङ, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लाहरुमा हावाहुरी चलेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाले पुर्वानुमान गरेअनुसार नै आज दिउँसो पौन १ बजेदेखि हावाहुरी चलेको हो । केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ । बादल र हावाहुरीका कारण केहीबेर दिउँसै अँध्यारो भएको थियो । बजार क्षेत्रमा गाडीहरू दिउँसै बत्ती बालेर गुडिरहेका थिए । दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा करिब १५ मिनेटसम्म हुरी चलेको थियो । जिल्ला प्रहरी कार्यालय दाङले केहीबेर हुरी चले पनि त्यसले क्षति पु¥याए÷नपु¥याएको विवरण आउन बाँकी रहेको जनाएको छ । तुलसीपुर बजार क्षेत्रमा हुरी चल्न रोकिएर अहिले सामान्य पानी परिरहेको छ ।।

