चैत्र २८, २०८०
पढ्न लाग्ने समय :

आगलागीमा परेर सय जनाभन्दा धेरैको मृत्यु


काठमाण्डौ, २८ चैत । एक वर्षको अवधिमा नेपालमा आगलागीमा परेर एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । गएको वर्षको वैशाखदेखि यही चैतको तेस्रो हप्तासम्ममा आगलागीबाट एक सय दुई जनाको ज्यान गएको हो । देशका विभिन्न क्षेत्रमा एक वर्षमा तीन हजार सात सय ९५ वटाभन्दा बढी आगलागीका घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीबाट चार हजार सात सय २५ परिवार प्रभावित भएका छन् । आगलागीबाट दुई अर्ब ३३ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । उहाँले बीचमा पानी परेका कारण आगलागीका घटना घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गर्नुभएको छ । गएको वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको ज्यान गइसकेको प्राधिकरणले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्