चैत्र २४, २०८०
पढ्न लाग्ने समय :

आज वर्षा र हावाहुरीको सम्भावना


काठमाडौँ, २४ चैत । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकाले कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा बाँकी तराई भू९भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।।

प्रतिक्रिया दिनुहोस्