जेष्ठ ३, २०८१
पढ्न लाग्ने समय :

आज सुनको भाउ एक हजार छ सय रुपैयाँले बडेर अहिलेसम्मकै उच्च


काठमाण्डौ, ३ जेठ ।  सुनको भाउले आज फेरी नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार चार सय रुपैयाँ थियो ।
यसअघि गएको वैशाख ७ गते सुनको भाउ सबैभन्दा उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस्